गाजामा राहत लिनेमाथि आक्रमण हुँदा १२ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

इजरायलले गाजामा राहत लिन बसिरहेकामथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो ।

गएको मे महिनादेखि जीएचएफले संयुक्त राष्ट्र सङ्घको राहत कार्यक्रमलाई प्रभावित हुनेगरी राहत वितरण गर्न शुरु गरेपछि अहिलेसम्म त्यहाँ सयौँको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

गाजामा पछिल्लो समय ज्यान गुमाउनेमा हमास केन्द्रित विद्रोहीहरुभन्दा धेरै राहत सङ्कलन गर्न जाने छन् । हिजो राहतका लागि हजारौँ जना लाइन लागि रहेको समयमा आक्रमण भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्