एमाले उपमहासचिव लमजुङबाट विजयी, माओवादी महासचिव हारे

न्युज कारखाना
  • ख-
  • ख+

लमजुङ, ८ मंसिर

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन्  ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले  पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी देवप्रसादले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन्।

जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्