फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ असार । स्पेनिस क्लब एट्लेटिको मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

बिहीबार राती लुमेन फिल्डमा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३–१ को जित निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओरले दुई तथा एक्सल बिट्सलले एक गोल गरे भने सिएटलका लागि अल्बर्ट रुस्नाकले गोल फर्काएका थिए ।

खेलको ११औं मिनेटमा बारिओरको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो भने ४७ औं मिनेटमा बिट्सलले टोलीको अग्रता दोब्बर बनाए तर रुस्नाकले ५० औं मिनेटमा गोल गर्दै सिएटललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर पाँच मिनेटपछि नै बारिओरले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए । 

जितसँगै एट्लेटिकोले समूह ‘सी’ मा दुई खेलबाट तीन अंक जोडेको छ । दुवै खेलमा पराजित सिएटल अंकविहिन छ। पहिलो खेलमा एट्लेटिको पेरिस सेन्ट जर्मन ९पिएसजी० र सिएटल बोटाफोगोसँग पराजित भएका थिए ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्