चार सय रुपैयाँले घट्यो सुनको भाउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ, ५ असार । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर २ हजार २ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २ हजार २ सय २५ रुपैयाँ कायम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्