तीन दलका शीर्ष नेताको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ असार । समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरु बैठक बस्दै छन् । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने छ ।
उक्त बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्