उच्चस्तरीय सुशासन आयोगको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।


बेठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोशनी मेचेले जानकारी दिइन्।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो आयोग गठन गरेको थियो। आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्