काठमाडौं, ३ असार । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं अदालतबाट रु ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन ।
काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उहा रिहा भएका हुन । मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए । धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन । राज्यले आफुहरुलाई दोषि करार गर्न बिभिन्न आरोप लगाउनु दुखद रहेको उनले बताए ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार ३ लाख धरौटीमा रिहा भएका थिए। सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन ।












