कञ्चनपुरमा ३ मा कांग्रेसका लेखक विजयी

न्युज कारखना
  • ख-
  • ख+

कञ्चनपुर, ७ मंसिर

प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्