कांग्रेस प्रमुख सचेतक घिमिरेले गरेको टिप्पणीप्रति रास्वपाको आपत्ति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । रास्वपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा निलो रिबन लगाएर विरोध जनाएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरुले निलो रिबन लगाएर विरोध जनाएका हुन् ।

मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन“ को प्रतीकले जनाउने भएकाले आफुहरुले निलो रिबन लगाएर विरोध गरेको रास्वपा सांसद डा तोसिमा कार्कीले बताईन ।

उनले भिजिट भिसा प्रकरणमा पीडित भएकाहरुको न्यायका लागि एकवद्धता जनाउनका लागि निलो रिबन लगाएको उल्लेख गरिन।

उनले आफुहरुले निलो रिबन लगाएको प्रति कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गरेको टिप्पणीप्रति आपत्ति जनाईन । कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्