प्रतिनिधिसभा बैठकको समय परिवर्तन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ। प्रारम्भिक रूपमा दिउँसो २:१५ बजे बस्ने भनिएको बैठक अब साँझ ४:३० बजेका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) बमोजिम बैठकको समय पुनः निर्धारण गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्