तीन तहका सरकार मिलेर जलवायु असरलाई कम गर्न ध्यान केन्द्रीत गर्ने :वनमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असार । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुक भएकाले यसलाई निरन्तर अन्तराष्ट्रियकरण गर्ने बताएका छन ।

मंगलबार ललितपुरमा आयोजित ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटन गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराउदै जलवायुबित्तदेखि प्रविधि हस्तान्तरणमा फाइदा लिन सक्नुपर्ने बताएका हुन। काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाइएको भन्दै उनले तीन तहका सरकार मिलेर जलवायु असरलाई कम गर्न ध्यान केन्द्रीत गर्ने उल्लेख गरे। मन्त्री ठकुरीले सवैको सहयोग र समन्वयमा २५ बुँदे सगरमाथा कार्ययोजनालाई क्रमश कार्यान्वयनमा लैजाने बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्