हुम्लामा आगलागी हुँदा आठ वटा घर जल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २ । गएराति हुम्लामा आगलागी हुँदा आठ वटा घर जलेको छ । सर्केगाड –३ मा रहेको उनापानी गाउँमा राति साढे १२ बजे भएको आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएको वडाध्यक्ष अकिल कार्कीले जानकारी दिनुभएको छ ।

आगलागीका कारण घरमा भएका अन्नपात, लत्ताकपडा लगायत सबै जलेर खरानी भएका छन् । मानिस र गाइवस्तु भने केही समयदेखि लेकमा रहेका कारण मानवीय र पशुचौपायाको क्षति नभएको वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्