काडमाडौं, असार १ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको टिप्पणी गर्नुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको भन्दै उदेश्यबिहीन र गन्तव्यबिहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गर्नुभयो ।
पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उहाको भनाइ छ । भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको माग बमोजिम छानविनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडी हटेको बताउनुभयो ।
उहाले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नबिचार हुने जिकिर गर्नुभयो ।











