काठमाण्डौं, १ असार । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक शुरु गरेका हुन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथै राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध समेत गरे ।
त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे ।











