सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीश र एक जना न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गरेको छ।

आइतबार एक सूचना जारी गर्दै समितिले उनीहरू पदका लागि उपयुक्त छैनन् भन्ने ठानेमा १० दिनभित्र लिखित उजुरी दिन नागरिकहरूलाई आग्रह गरेको हो। उजुरी समितिको सचिवालयमा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दर्ता गराउन सकिने समितिले जनाएको छ।

न्याय परिषद् र संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापा प्रस्तावित भएका छन्।

त्यसैगरी, न्याय परिषद्को सदस्यका रूपमा भोजपुरका महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ।

सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्