हत्या गरेको अभियोगमा दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

दैलेख, ३० जेठ । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

भैरवी गाउँपालिका–६ हमाल टोल बस्ने ४९ वर्षीय राम बहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।  

उनीहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानीपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्