आज एकैदिन ४२ सयले बढ्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० जेठ । आज बजारमा सुनको मूल्य एकैदिन ४ हजार २ सय रुपैयाँले बढेको छ। हिजो (बिहीबार) प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने ४२ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्