काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। आज ७ अंकले गिरावट हुँदा २६५७ विन्दुमा पुगेर रोकिएको हो।
सेयर बजार गिरावट भए पनि कारोबार रकममा उछाल आएको छ। आज सेयर बजारमा साढे १२ अर्बको कारोबार भएको हो। बुधबार पौने १० अर्बको सेयर कारोबार भएको थियो।
कारोबारका आधार आज ९९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। यस्तै, १४९ कम्पनीको सेयर मूल्य गिरावट आएको छ।
आज पुरे इनर्जी लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ।












