काठमाडौं, २८ जेठ । नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १३ सय रुपैयाँले बढेको सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
हिजो (मंगलबार) सुनको मूल्य १ लाख ९० हजारमा कारोबार भएको थियो। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।











