२० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएकाे थियाे।
यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ। आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।











