अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

खबर बुक
  • ख-
  • ख+

रियाद, ७ मंसिर । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् ।

साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले एक दिन थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे ।

मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१  पराजित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्