आईपीएल क्रिकेट: इलिमिनेटरमा आज गुजरात र मुम्बई खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् । न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा अर्थात फाइनल प्रवेशका लागि पन्जाब किङ्ग्ससँग खेल्नेछ । यो खेलको विजेताले रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० सँग उपाधिका लागि खेल्नेछ ।

यसअघि हिजोको पहिलो क्वालिफायरमा पन्जाबलाई हराएर बेङ्गलुरु आईपीएलको फाइनलमा पुगेको थियो । फाइनल खेल जुन ३ तारिखमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्