काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेट अझै ठोस रुपमा प्रस्तुत गर्न सकिने भएपनि समग्रमा बजेट ठिकै रहेको बताउनुभएको हो ।
उहाले छरिएर रहेका आयोजनालाई घटाउने लगाएतका केहि बित्तिय अनुशासनका बिषयले सकारात्मक परिणाम आउने धारणा राख्नुभयो ।
उहाले बजेटमा केहि महत्वपूर्ण बिषयहरु समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।











