खेल क्षेत्रको विकासका लागी ६ अर्व ८ करोड बजेट बिनियोजन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १५ । सरकारले खेल पूर्वाधारको बिकास गर्ने योजना सहित युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्व ८ करोड बजेट बिनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने घोषणा गरेको हो । जसअनुसार झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने सरकारले जनाएको छ ।

त्यस्तै काठमाडौंको मुलपानी लगायत मोरङ,कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको छ । कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै सरकारले दशौँ राष्ट्रिय खेलकुदलाई ५४ करोड बजेट विनियोजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्