बजेट भाषणअघि मन्त्रिपरिषद्को बैठक बस्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुअघि आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे बस्ने गरी सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्।

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने छन्। 

त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवतः बजेट पास गर्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्