काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको थियो ।











