रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर

मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन्।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराएका थिए ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्