विश्वको चौथो ठूलो अर्थतन्त्र बन्यो भारत, पछि पर्‍यो जापान

खबर बुक
  • ख-
  • ख+

१२ जेठ, काठमाडौं। छिमेकी भारत जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको त्यहाँको नीति आयोगले जानकारी दिएको छ।

भारतको अर्थतन्त्रको आकार ४० खर्ब डलर नाघिसकेको र अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको सरकारको सार्वजनिक नीतिसम्बन्धी प्रमुख थिंक ट्यांक नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीभीआर सुब्रह्मण्यमले बताएका हुन्।


आईएमएफको तथ्यांक उद्धृत गर्दै सुब्रह्मण्यमले भारत अहिले अर्थतन्त्रमा जापानभन्दा ठूलो बनेको भारतीय पत्रिका बिजनेस स्टान्डर्डलाई बताएका हुन्। ‘अब भारतभन्दा ठूला (अर्थतन्त्र) अमेरिका, चीन र जर्मनी मात्र छन्। यदि अहिले तय गरिएको योजनाअनुसार अगाडि बढन सके आगामी २.५ देखि ३ वर्षभित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ’, सुब्रह्मण्यमले दाबी गरे।

आर्थिक फड्को मुख्य क्षेत्रमा देखिएको मजबुत वृद्धिदर, निरन्तर विदेशी लगानी प्रवाह र सरकारद्वारा समर्थित औद्योगिक रणनीतिको पृष्ठभूमिमा आएको हो। भारत र जापान महिनौंसम्म कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निकै नजिक रहँदै आएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्