एनआईएमबीले १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्री खुलायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकले १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।

संस्थापक सेयरधनीका नाममा रहेको यो सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सर्वसाधारणले खरिद गर्न सक्ने गरी बिक्री खुलाएको हो।

सेयर खरिद गर्न चाहनेले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद संख्यासहित आवेदन फारम बुझाउनुपर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्