काठमाडौं । हिजोको गिरावटपछि आज शेयर बजार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज १९।०४ अङ्कले बढेर २,६८८।५५ विन्दुमा पुगेको छ। दोहोरो अङ्कको वृद्धिसँगै बजारमा हरियाली देखिए पनि कारोबार रकम भने घटेको छ।
आज कुल ३१४ कम्पनीका २ करोड २३ लाख कित्ता शेयर किनबेच भएका छन्, जसबाट कारोबार रकम ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित रह्यो। हिजोको १० अर्ब ६९ करोडको तुलनामा आजको कारोबारमा झण्डै ९० करोड रुपैयाँले गिरावट आएको हो।
आज बैंक समूहको परिसूचक झण्डै ४ प्रतिशतले बढेको छ, जुन आजको बजार वृद्धिमा मुख्य योगदानकर्तामध्ये एक हो। त्यसैगरी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि हरियाली रहे। तर, होटल तथा पर्यटन समूहको सूचक साढे २ प्रतिशतभन्दा बढीले घटेको छ, जसले अन्य समूहको वृद्धिलाई केही सन्तुलनमा ल्यायो।
कम्पनीगत रूपमा हेर्दा, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको बम्पर वृद्धि देखिएको छ। तर बजार समग्रमा उकालो लाग्दासमेत बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घट्नु उत्साहजनक देखिएन।











