नेपाली महिला टोली थाइल्यान्डसँग पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ ६ । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ ।

मंगलबार बैंककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले ५८ रनको जित हात पारेको हो। थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्