काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस ९युएई० लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।
यसअघि युएईले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
टेर्डथाइ क्रिकेट मैदान, थाइल्याण्डमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी थिइन, जुन खेलमा युएईले सो बराबरको लक्ष्य नेपालका सामु दिएको थियो, जसलाई ४ बिकेटको क्षतिमा नेपालले ग्लोबल छनौटमा सिट सुरक्षित गर्न सफल भएको हो ।
यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने अवस्था थियो, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा आजको खेल खेलिरहेको थिए ।












