सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ – सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो ।

तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्