कैलालीबाट रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

खबर बुक
  • ख-
  • ख+

धनगढी, ६ मंसिर रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।

कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फवाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्