गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरूद्ध परेको रिट सर्वोच्चले दर्ता गर्न मानेन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । गभर्नरको चर्चामा रहेका डा। विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतमा दरपीठ भएको छ ।

पौडेललाई नेपाल राष्ट्र बैंकको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले बिहीबार रिट पेश गरेकोमा शुक्रवार दरपिठ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।

उक्त रिटमा पौडेललाई गभर्नर नियुक्तिका लागि सिफारिस समितिले सिफारिस गरेको नदेखिएको, सञ्चारमाध्यममा मात्रै आएका समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हक अधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपीठ भएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्