काठमाडौं, १ जेठ । साताको अन्तिम दिन सेयर बजार घटेको छ ।
बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।
जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।
यता, समग्र बजार ओरालो लाग्दा पनि केही कम्पनीहरूले उत्साहजनक प्रदर्शन गरेका छन्। ओम मेगाश्री फर्मास्युटिकल्स को शेयर मूल्य आज १० प्रतिशतले उकालो लागेको छ, जुन दिनको सर्वाधिक वृद्धिदर हो।
कारोबार रकम पनि घट्दै गएको छ। बुधवार ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीवार ३२० कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर किनबेच भई कारोबार रकम ७ अर्ब ८ करोड रुपैयाँमा झरेको छ।











