गभर्नर नियुक्तिमा योग्यताको आधारमा अघि बढ्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएकाहुन् ।

काम गर्न सक्ने मान्छे भए देशलाई राम्रो हुने भन्दै उनले व्यक्तिगत रुपमा आफ्नो मान्छेलाई गभर्नर बनाउने कुनै इच्छा नभएको जिकिर गरे । उनले अहिले आफु प्रधानमन्त्री भएपनि सरकारमा आफुमात्रै नरहेको बताए ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको धारणा राखे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उन्को भनाइ थियो ।

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान हुने विश्वास व्यक्त गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनामा ध्यान दिन आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्