सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्