तालाबन्दी र हड्ताल गरेर विश्वविद्यालयका समस्या समाधान हुदैन- प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा ६९ औँ वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको रचनात्मक हल पहिल्याउन सवै प्रतिवद्धत हुनुपर्ने पनि बताउनुभयो । शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि बिद्यार्थी, प्राध्यापक लगाएत सरोकारवाला सवै गम्भीर हुनुपर्ने उहाको भनाई छ ।

प्रधानमन्त्री देउवाले गुणस्तरिय शिक्षा मुलुकको बिकासका लागि सवै भन्दा महत्वपूर्ण आधारको बिषय भएको भन्दै नेपालको शिक्षा क्षेत्रलाई विश्वबजारमा प्रतिपर्धा गर्ने किसिमको बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले व्यवस्थापन शिक्षाका लागि ठाउँ अभाव भएको विषयमा क्याम्पसलाई आवश्यक जग्गा उपलव्ध गराउने जिकिर गर्नुभयो ।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वबिद्यालयका देखिने समस्याहरुलाई छलफलबाटै समाधान गर्नुपर्ने बताउनुभयो । उहाले बिषयगत क्याम्पसको क्षमता र गुणस्तरलाई बढाउन सरकार प्रद्धिवद्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा क्याम्पसको नवनिर्मित नयाँ भवनको समेत उद्घाटन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्