आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने छ -अर्थमन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले योजना तथा कार्यक्रममा हेरफेर गर्दै आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने समेत बताउनुभयो । उहाले अर्थतन्त्रका परिसूचकहरु सुधार हुँदै गए पनि विगतमा देखिएका स्रोत व्यवस्थापनका खाडललाई पुर्न केहि समय लाग्ने उल्लेख गर्नुभयो । बजेट प्रणालीलाई मार्गदर्शन गर्ने दस्तावेजका रुपमा रहेको संविधानका आधारमा आवश्यक नीति अवलम्बन गरिने उहाको भनाइ छ ।

त्यस्तै उहाले सामाजिक सुरक्षाका नाममा ठूलो रकम खर्च हुने गरेकाले खर्च व्यवस्थापनको समस्या समाधान गर्नैपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उहाले तीनै तहको सरकार रहेको अवस्थामा प्राथमिकिकरणका आधारमा आयोजना छुट्टाउनुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्