सप्तरी ३ र ४ मा नेपाली कांग्रेसको अग्रता

न्युज कारखना
  • ख-
  • ख+

सप्तरी, ५ मंसिर

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन् ।

नेपका एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । जनमत पार्टीका
सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्