कीर्तिपुरस्थित क्रिकेट मैदान बनाउनेलाई ओलीले माग्यो जवाफ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका लागी समय थप भएको छ । मैदान स्तरोन्नतीका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण पनि लिएका छन् । उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् ।

ओलीले मन्त्रीपरिषदको पहिलो वैठकमै किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो । पर्सि २४ गते ३०० दिन पुग्दैछ । सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्