नेतृत्वविहीन अवस्था वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

खबर बुक
  • ख-
  • ख
  • ख+

 १४ वैशाख, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ। २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक आजदेखि ७० वर्षमा प्रवेश गरेसँगै उत्सव मनाउने भएको हो।

यस अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरेको छ। तर, यस पटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गतेदेखि सकिएसँगै राष्ट्र बैंक कामुको नेतृत्वमा चलिरहेको छ। 

राष्ट्र बैंकले दोस्रोपटक नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको हो। पहिलो पटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाएको थियो।

त्यसबेला गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि ११ दिनका लागि नेतृत्व रिक्त भएको थियो। सोही समयमा वार्षिकोत्सव पर्न जाँदा उत्सव नेतृत्वविहीन अवस्थामा परेको हो।

योपटक सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्वविहीन अवस्थामा पुगेको हो। सरकारले १८ औँ गभर्नर छनोटको प्रक्रिया अहिले अवरुद्ध भएर बसेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्