चार दिनपछि सेयर बजार उकालो, नेप्से २.०८ अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । लगातार चार दिनको गिरावटपछि आज सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ।

लगानी समूहको सेयरमा २.५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। माइक्रो इन्सुरेन्स कम्पनी नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका सेयर १० प्रतिशतले बढेका छन्।

उता, नेपाल हाइड्रो डेभलपर्सको सेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज ३०८ वटा कम्पनीका १ करोड ९७ लाख कित्ता सेयर किनबेच भई कारोबार रकम ७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। हिजोको तुलनामा (७ अर्ब ५७ करोड) कारोबार रकम पनि वृद्धि भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्