टोटनहम घरेलु मैदानमा नै पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ । 

सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो ।

टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले 
मात्र एक गोल फर्काउन सफल भए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो भने अपराजित हारको रेकर्ड तोडन  जीतका लागि पर्याप्त भएन ।

नटिङमले लगातार दोस्रो हारपछि जित निकालेको हो भने टोटनहमको पछिल्ला पाँच खेलमा यो चौथो पराजय हो । 

जितसँगै ३३ खेलमा ६० अंक जोडेको नटिङघम तेस्रो स्थानमा उक्लिएको छ भने पराजित टोटनहम समान खेलबाट ३७ अंकका साथ १७औं स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्