नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख ६ । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ‌।

समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७(७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्