तेस्रो जीतका लागि नेपालले हङकङसँग मैदानमा उत्रदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ बैशाख । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधवार बिहान मुलपानी तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेवाट सो खेल सुरू हुनेछ ।

यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो ।

आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्