यस्तो बन्दै छ मुग्लिङ–पोखरा राजमार्ग (तस्बिरसहित)

खबर बुक
  • ख-
  • ख+

३० चैत, काठमाडौं । संघीय राजधानी काठमाडौं र नेपालका पूर्वी जिल्ला जोड्ने पर्यटन राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा उक्त खण्ड हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकले अहिले सहज महसुस गर्न थालेका छन्। तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ। 

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ। सडक खण्डको २०।५ किलोमीटर सडक चार लेनको बन्दै छ भने १८।३ किलोमीटर सडक ६ लेनको बन्नेछ। त्यसैगरी यस सडक खण्डमा ४ ठूला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिनेछ। 

 ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म दुईपटक म्याद थप गरिएको छ।

पूर्वी खण्डको भौतिक प्रगति भने एकासी प्रतिशत रहेको सडक विभागले जनाएको छ। सका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा भइरहेको छ। सो खण्डअन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमीटर सडक कालोपत्रे हुन बाँकी छ।

सो सडक खण्डअन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ। यो खण्डअन्तर्गत बन्नुपर्ने १७ पुलमा सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ। 

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ। ६ अर्ब २१ करोड ३१ लाखमा सडक खण्डको ठेक्का लागेको हो।

pokhara-mugling-sadak-(2)-1744426199.jpg
pokhara-mugling-sadak-(4)-1744426198.jpg
pokhara-mugling-sadak-(3)-1744426198.jpg
pokhara-mugling-sadak-(6)-1744426197.jpg
pokhara-mugling-sadak-(5)-1744426197.jpg
pokhara-mugling-sadak-(8)-1744426196.jpg
pokhara-mugling-sadak-(7)-1744426196.jpg
pokhara-mugling-sadak-(10)-1744426195.jpg
pokhara-mugling-sadak-(9)-1744426195.jpg
pokhara-mugling-sadak-(13)-1744426193.jpg
pokhara-mugling-sadak-(12)-1744426194.jpg
pokhara-mugling-sadak-(11)-1744426194.jpg
pokhara-mugling-sadak-(15)-1744426192.jpg
pokhara-mugling-sadak-(14)-1744426193.jpg
pokhara-mugling-sadak-(18)-1744426191.jpg
pokhara-mugling-sadak-(17)-1744426192.jpg
pokhara-mugling-sadak-(16)-1744426192.jpg
pokhara-mugling-sadak-(19)-1744426190.jpg
pokhara-mugling-sadak-(1)-1744426190.jpg
pokhara-mugling-sadak-(21)-1744426190.jpg
pokhara-mugling-sadak-(20)-1744426190.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्