सोलुखुम्बुमा करिब ५० प्रतिशत मत खसेको आँकलन

  • ख-
  • ख+

काठमाडौं  :  हिमाली जिल्ला सोलुखुम्बुमा करिब ५० प्रतिशत मत खसेको आँकलन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका मतदान केन्द्रमा करिब ५० प्रतिशत मत खसेको अनुमान गरिएको हो ।

यद्यपी मतदान अधिकृतहरुसँग सम्पर्क नभएकाले कति प्रतिशत खस्यो भन्नेबारेमा यकिन विवरण आएको छैन । प्राप्त जानकारी अनुसार जिल्लाको नेचासल्यान गाउँपालिकामा ५३ सय ८, सोताङमा ३८ सय ४४, थुलुङ दुधकोशीमा ७३ सय १५ मत खसेको छ ।

अन्य पालिकाहरुको भने विवरण प्राप्त हुन सकेको छैन् । जिल्लामा १२२ मतदानस्थल र १३६ वटा मतदान केन्द्र छन् । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरि २० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्