आज भने शेयर बजारमा हरियाली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० चैत । आज सेयर बजार बढेको छ । 

आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज दिनभरमा  १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्